× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

तारादेवीको मृत्युपछि नोबेल शिक्षण अस्पतालमा तनाव, आफन्तद्वारा आन्दोलन घोषणा

Simrik Online

२७ आश्विन २०७७, बुधबार

विराटनगर । आइतबार पाठेघरको शल्यक्रियाका लागि नोबेल शिक्षण अस्पताल बिराटनगरमा भर्ना भएकी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ की ३५ वर्षीया तारादेवी भट्टराईको मृत्यु भएपछि मंगलबार दिनभर अस्पताल क्षेत्र तनाग्रस्त भएको थियो । अस्पतालमा उपचारकाे क्रममा डाक्टरको लापरवाहीको कारणले तारादेवीको मृत्यु भएकाे आफन्तले आरोप लगाएका छन्।

‘घट्नाकाे बारेमा पटक-पटक अस्पताल प्रशासनमा जानकारी लिन खोज्दा वेवास्ता गरिएको भन्दै साेलुखुम्बुबाट मोरङ, सुनसरी लगायत नजिकका जिल्लामा अस्थायी/स्थायी रुपमा बसाेबास गर्ने सबै र अन्य शुभचिन्तकहरुमा बुधबार बिहान १० बजे नाेबेल अस्पताल बिराटनगरमा उपस्थित हुन’ मृतकका आफन्तले सामाजिक सञ्जाल मार्फत आह्वान गरेका छन्। यससँगै बुधबार नोबेल अस्पताल क्षेत्र बिराटनगरमा थप समस्या सृजना हुने देखिएको छ। बढदो कोरोना भाइरसको समस्याका बीच “दुखकाे यस घडिमा पीडित परिवारलाई सहयाेग गरिदिनुहुन सादर अनुराेध गरिन्छ।” भन्दै मृतक तारादेवीका आफन्तले अस्पतालमा थप प्रदर्शन गर्ने र लापरबाही गर्ने डाक्टरलाई कारबाही गराएरै छाडने बताएका छन्।

तारादेवीलाई पाठेघरको शल्यक्रिया (अपरेसन)का लागि उनका श्रीमान ओम भट्टराईले आइतबार नोबेल अस्पतालमा भर्ना गराएका थिए । उनको सोमबार बिहान ९ बजे शल्यक्रिया गर्ने कार्यतालिका थियो । करिब १० घण्टाको अन्तरमा दुईवटा शल्यक्रिया गरेपछि महिलाको मृत्यु भएको भन्दै अस्पतालले आफन्तलाई मंगलबार बिहान जानकारी गराएको बताइएको छ। चिकित्सको लापरवाहीका कारण महिलाको मृत्यु भएको दावी गर्दै आफन्तले शव बुझेका छैनन्।

आन्द्रा काटेको आरोप, अस्पताल मौन :

मृतक तारादेवीका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि तारालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डा.शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेको थियो। पाठेघरको शल्यक्रिया गर्ने भन्दै अपरेसन थिएटरमा प्रवेश गरेको टोलीले आन्द्रा काटिदिएको उनको आरोप छ।

‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको जानकारी गराए, शल्यक्रियाअघि परीक्षण गर्दा ट्यूमर देखिएको थिएन। शल्यक्रियापछि एक्कासी जानकारी गराउँदा अलमलमा परेँ, तर राम्रै भयो भन्दै डाक्टरलाई धन्यवाद दिएँ।’ – ओमले बताएका छन्

अपरेसन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको उनले बताए । तर सोमबार बेलुका चिकित्सकले तुरुन्त अर्को अपरेसन गर्नुपर्ने जानकारी गराए । अपरेसन थिएटरमा लैजानका लागि हतार गरेका चिकित्सकले करिब आधा घण्टा पछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर भेण्टिलेटरमा राखेको र मंगलबार विहान मृत्यु भएको ओम भट्टराईले बताएका छन्।

ट्यूमर निकाल्ने बाहनामा चिकित्सकले विरामीको आन्द्रा काटिदिएको उनको दाबी छ । ‘बेलुका रगत रोकिएन भन्दै शल्यक्रिया गर्न लिएर गए, पाठेघरको अपरेसन भने तर जानकारी नदिई आन्द्रा काटिदिए ।’ ओमले भनेका छन छन्।

मृत्युपछि उपचारमा लापरवाही गर्ने चिकित्सकसहितका टोललाई कारवाहीको माग गर्दै मंगलबार आन्दोलन गरेको र बुधबार १० बजे फेरि आन्दोलन गर्ने उनले बताएका छन्। लापरवाही गर्नेलाई कारवाही नभएसम्म विरामीको शव नउठाउने उनले बताए।

शल्यक्रियामा लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लागेपनि नोबेल मेडिकल कलेजले भने कुनै प्रतिक्रिया दिएको छैन। अस्पताल प्रशासनले मंगलबार दिउँसो मृतकका आफन्तसँग छलफल गर्ने भनेर बोलाए पनि छलफल नगरेको बताइएको छ।