द्रोण बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ समाजसेवी चुडामणि जमरकट्टेलले आफ्ना दिवङ्गत हजुरबा-हजुरआमा (बैजनाथ-काैशिला जमरकट्टेल)काे स्मृतिमा १ लाख रुपैयाँ नगद सहयाेग गरेका छन् ।
जमरकट्टेलको सहयोगको जमरकट्टेल सेवा प्रतिष्ठानले – “शिव मन्दिरको निर्माण, विकास, संरक्षण र प्रवर्द्धनका लागि उहाँले देखाउनु भएकाे चासाे र लगानी प्रति हामी आभारी छाैं, उहाँले चालेका हरेक कार्यमा सफलता मिलाेस् भगवान शिव सदा दाहिना हुन्, कुल देवताले सदा सर्वदा कल्याण गरून् ।” भनेर प्रंशसा सहित हार्दिक बधाई तथा शुभकामना दिएको छ ।
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ माझगाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाख रुपैयाँ रहेकाे र उक्त रकम भारद्वाज गाेत्रीय जमरकट्टेल बन्धुहरूबाटै जुटाइने जानकारी जमरकट्टेल सेवा प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र जमरकट्टेलले दिएका छन् ।