× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

देउवा नआउने भएपछि संवैधानिक परिषद्को बैठक नबस्ने

Simrik Online

२७ मंसिर २०७७, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा नआउने भएपछि आइतबार (आज) बोलाइएको संवैधानिक परिषद्को बैठक नहुने भएको छ। बैठक आज बिहान ९ बजेलाई तय गरिएको थियो।

“प्रमुख प्रतिपक्षी दलका नेता नआउने भएपछि आजको बैठक नबस्ने भएको छ। अर्को दिन तय होला,” प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका एक सदस्यले भनेका छन्। स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए। पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट दबाब थियो।

त्यस्तै काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो। सोमबार सरकार विरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने काङ्ग्रेस नेताहरूले बताउँदै आएका थिए।

यस अघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो। परिषद्को बैठक नबस्दा ४५ बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन।-बाह्रखरी।