× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नेचामा शिव मन्दिर निर्माण गर्न निर्मल जमरकट्टेलको अमेरिकाबाट १ लाख ५० हजार सहयाेग

Simrik Online

१४ पुष २०७७, बुधबार

आयुशा बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ समाजसेवी निर्मल जमरकट्टेलले नेपाली रुपैयाँ १ लाख ५० हजार नगद सहयाेग गरेका छन् । जमरकट्टेल सेेेवा प्रतिष्ठानको आजीवन सदस्यता समेत उनले लिएको बताइएको छ ।

अमेरिकाको Ohio, Columbus मा बस्दै आएका निर्मल जमरकट्टेल साविक नेचा बेतघारी ३, माझगाउँ साेलुखुम्बु निवासी सहिद नरनाथ/स्व.अजुद्धाकुमारी जमरकट्टेलका नाति तथा स्व.मदन /स्व.यज्ञकुमारी जमरकट्टेल छाेरा हुन् ।

समाजसेवी निर्मल जमरकट्टेलको सहयोगको जमरकट्टेल सेवा प्रतिष्ठानले – “शिव मन्दिरको निर्माण, विकास, संरक्षण र प्रवर्द्धनका लागि उहाँले देखाउनु भएकाे चासाे र लगानी प्रति हामी आभारी छाैं, उहाँले चालेका हरेक कार्यमा सफलता मिलाेस् भगवान शिव सदा दाहिना हुन्, कुल देवताले सदा सर्वदा कल्याण गरून् ।” भनेर प्रंशसा सहित हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ माझगाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाख रुपैयाँ रहेकाे र उक्त रकम भारद्वाज गाेत्रीय जमरकट्टेल बन्धुहरूबाटै जुटाइने जानकारी जमरकट्टेल सेवा प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र जमरकट्टेलले दिएका छन् ।