× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

विप्लवसँग वार्ता गर्न समिति गठन हुनु सकारात्मक : कांग्रेस

Simrik Online

१७ फाल्गुन २०७७, मंगलवार

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूमिगत रूपमा सशस्त्र गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले समिति गठन गर्नु सकारात्मक भएको बताएको छ ।

सरकार र नेकपा दुवैले वार्ता समिति गठन गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन सकारात्मक भन्दै इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । सरकार र नेकपा दुवैले मंगलबार वार्ता समिति गठन गरेका थिए।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शर्माले कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै विज्ञप्तिमा उल्लेख गरेका छन् ।ईकागज।