काठमाडौं । जेष्ठ नागरिककाे मासिक भत्ता ४ हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराएका हुन् ।
चालू आ.व.मा ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।
सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धिसँगै जेष्ठ नागरिक भत्ता ४ हजार भएको हो । यसको लागि सरकारले १ खर्ब रूपैयाँ छुट्याएको छ ।