× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

एमाले स्थायी कमिटी बैठक बस्दै, यी १२ भाइलाई कारवाही हुने

Simrik Online

१५ जेष्ठ २०७८, आईतवार

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्ने गरि बाेलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने एमाले कार्यालयसचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । उनीहरू कसैले स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप यी नेतामाथि कारवाही अघि बढाउने सम्भावना रहेकाे बुझिएकाे छ ।