× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

कांग्रेस पदाधिकारी बैठक बस्‍दै : महाधिवेशन बारे छलफल हुने

Simrik Online

२८ जेष्ठ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । आजको बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा तय भएको नेपाली कांग्रेसका केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस पार्टीको १४ औँ महाधिवेशन आगामी भदौमा हुने भनिएको भए पनि महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न देउवाले बैठक बोलाएको बताइएको छ ।
नेपाली कांग्रेसको यसअघिको महाधिवेशन कार्यतालिका अनुसार असारमै वडा तहको अधिवेशन हुनुपर्ने भएपनि क्रियाशील सदस्यताको विषय नै टुंगो नलागेपछि त्यसैबारे छलफल गर्न बैठक बस्‍न लागेको बताइएको छ।