× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

हिजोकै ठाउँमा भएको भुसालको भनाइ, सहमति गरेर फुटबल हेर्न जाने भन्दै नेम्वाङ

Simrik Online

२६ असार २०७८, आईतवार

काठमाडौं । एमालेभित्रको विवाद समाधानका गठन गरिएको कार्यदलको बैठक अहिले जारी छ । सिंहदरबारमा जारी बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ। केहीदिनदेखि नेताहरूले पार्टी विवाद समाधानका लागि सहमति भइसकेको बताउँदै आएका छन् । तर, आइतबार करिब १२ घण्टादेखि जारी बैठकले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको कार्यदलको नेतृत्व गरिरहेका नेता सुवास नेम्वाङले आजै सहमति गरेर रातिको युरोकप फुटबल हेर्न जाने बताए । यसअघि उनले हिजाे आज बिहान सुखद् समाचार आउने बताएका थिए ।
राति १२:४५ बजेदेखि युराेकपकाे फाइनल छ । जसमा इङ्ल्यान्ड र इटाली भिड्दैछन् ।
तर, माधव नेपाल पक्षका घनश्याम भुसालले भने आजको बैठक पनि हिजोकै विन्दुमा रहेको बताए । उनले बैठकमा सहमति हुन नसकेकाे बताए ।
“हिजो जहाँ थियो, त्यहीँ छौँ । सहमति हुन सकेको छैन,” उनले सञ्चारकर्मीसँग भने ।