× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

१५ बेडको अस्पताल : निर्माण तयारी गर्दै नेचासल्यान

Simrik Online

२८ असार २०७८, मंगलवार

आयुषा बास्तोला, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ। नेपाल सरकारले एक स्थानीय तह एक अस्पतालको अवधारण अघि सारे अनुरुप नेचासल्यान गाउँपालिका वडा नं.२ साविक सल्यान स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा अस्पताल निर्माणका लागि माटो परिक्षण सुरु गरिएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिएका छन्।

७ करोड भन्दा बढि लागतमा सल्यानमा अस्पताल निर्माणको तयारी थालिएको बताइएको छ। जग्गा प्राप्ति पछि अहिले माटो परिक्षणको काम भइरहेको र यश पछि तुरुन्तै टेण्डर खुल्ने वडाअध्यक्ष बास्तोलाले बताएका छन्।

अहिले ५ बेड क्षमताको प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा नागरिकले स्वास्थ उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ। अब १५ बेडको अस्पताल निर्माण भएमा आम नागरिकलाई स्वास्थ उपचारमा सहजता हुने विश्वास लिईएको छ। यस प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीमा रहेर तलबभत्ता लिइरहेका डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरु अस्पतालमा उपस्थित हुन छाडेपछि स्थानीयबासीहरुले खबरदारी गरिरहेका छन्।