× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

बस्नेत नेतृत्वको सम्पर्क समिति आधिकारिक भएको घोषणा गर्दै खड्काले गरे आफ्नो नेतृत्वको समिति विघटन

Simrik Online

२ आश्विन २०७८, आईतवार

मनेश निरौला, काठमाडौं । केही समय देखि समानान्तर रुपमा चल्दै आएको नेपाली कांग्रेस सोलुखुम्बु – काठमाडौं सम्पर्क समिति विघटन गरिएको छ। काठमाडौंमा भएको एक कार्यक्रमका बीचमा मनोज खड्काको नेतृत्वमा रहेको सम्पर्क समिति विघटन गर्दै गोकर्ण बस्नेतको नेतृत्वमा गठन भएको सम्पर्क समितिलाई आधिकारिक समिति भएको घोषणा गरिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नको लागि आफ्नो नेतृत्वमा रहेको सम्पर्क समिति आजैदेखि विघटन गरेको र आफ्नो समुहले गोकर्ण बस्नेतले नेतृत्व गरेको नेपाली कांग्रेस सोलुखुम्बु – काठमाडौं सम्पर्क समितिलाई नै आधिकारिक समितिका रुपमा स्वीकार गरेर अगाडि बढ्ने खड्काले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य प्रकाशसिंह कार्की, नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य शम्भुहरि बास्तोला, महाधिवेशन प्रतिनिधि कुशाङ शेर्पा, नेपाल तरुण दल सोलुका अध्यक्ष अशोककुमार झा, ने.का.जिल्ला सहसचिव कुशराज राई, पर्यटन व्यवसायी एवं नेता आङछिरिङ शेर्पा, नेता आङकाजी शेर्पालगायतका नेता तथा ७० भन्दा बढि नेता-कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा खड्काले बस्नेतलाई आफ्नो माइन्युट सहितका कागजपत्र समेत आजै हस्तान्तरण गरेका थिए।