काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाउन तीनवटै गुटका शीर्ष नेताहरू बैठकमा जुटेका हुन्। पार्टीबाट मन्त्री बन्नेहरूको नाम आजै टुंग्याउने प्रयास भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
यसअघि वरिष्ठनेता रामचन्द्र पौडेल समूहको छुट्टै बैठक बसेको थियो। “हामीलाई मन्त्रालयको संख्या पुगेन, थप गर्नुपर्यो भनेर प्रधानमन्त्रीसँग कुरा राख्ने हो,” पौडेलनिकट एक नेताले बताएका छन्। गठबन्धनमा रहेका दलहरूले पनि क-कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाइ नसकेको बताइएको छ।