आयुषा बास्तोला, काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत गत मंसिर १६ गते बागमती प्रदेशकाे हेटाैंडामा भएकाे ऐतिहासिक प्रथम बागमती प्रदेश सम्मेलनले बागमती प्रदेश सदस्यमा काठमाडौं क्षेत्र नं-३ कि केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य सशक्त महिला नेतृ गिता सिंखडालाई अत्याधिक मतले विजयी गराएकाे छ। सिंखडा नेपाली कांग्रेसमा २०४६ सालदेखि सकृय हुँदै आउनु भएकाे छ।
उहाँले कांग्रेसकाे तात्कालिक नयाँपाटी गाँउकाे वडा इकाइ सदस्य, वडा इकाई सचिव, नयाँपाटी गाउँ समिति सचिव, काठमाडौं क्षेत्र नं-३ काे सचिव, काठमाडौं जिल्ला कार्यसमिति सदस्य, काठमाडौं जिल्ला सचिव जस्ता महत्वपुर्ण जिम्मेवारी कुशलतपुर्वक सम्हाल्दै कांग्रेसको संगठनलाई विस्तार गर्दै १४ ओैं महाधिवेशनमा काठमाडौं क्षेत्र नं-३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुनु भएकाे छ। तल्लाे तहबाटै संगठित हुँदै र नेतृत्व गर्दै आउनु भएकी नेतृ सिंखडा महिला हक अधिकार दिलाउने, महिला सशक्तीकरण गर्ने, महिला, दलित, आदिवासी जनजाति, अपांग, जेष्ठ नागरिक, बालबालिकाकाे हकहितर अधिकारका लागि लडने सशक्त महिला नेतृ हुन। उहाँले२०६२/०६३ सालकाे निरंकुशता विरूद्वकाे आन्दोलनमा नेतृत्वदायी भुमिकामा सरिक भै निरंकुशतालाई पराजित गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएकाे थियाे।
कांग्रेसका महान नेता महामानव विपि काेइराला, लाैहपुरूष गणेशमान सिंह, सन्त र त्यागी नेता कृष्ण प्रसाद भट्टराई, दिवानसिंह राई जस्ता महाननेतालाई पञ्चायती निरंकुश शासकले ८ वर्ष जेलमा राखेर प्रजातान्त्रिक र लाेकतान्त्रिक विचारलाई कैद गर्न खाेजेकाे लाेकतन्त्रका विपिबादकाे पवित्र स्थल” विपि संग्राहलय समिति” काे सदस्यकाे रूपमा समेत रहेर उहाँले उल्लेखनीय कार्य गरि सक्नु भएकाे छ। कांग्रेसलाई विपिकाे समाजवाद कार्यान्वयन गर्ने पार्टीका रूपमा सुदृढ गर्न एकतावद्व भै आगामी तिनै तहकाे निर्वाचन जितेर नेपालमा भाैतिक विकास, उद्याेगधन्दाकाे विकास, आर्थिक क्रान्ति, राेजगारी र समृद्वि हासिल गर्नु पर्ने आवश्यकता रहेकाे उहाँले बताउनु भयाे।