× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

जनमैत्री कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा आङगेलु शेर्पाको उम्मेदवारी

Simrik Online

२३ मंसिर २०७८, शुक्रबार

आयुषा बास्तोला, काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका वैचारिक युवा नेताका रुपमा परिचित आङगेलु शेर्पाले नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । शेर्पाले नेपाली कांग्रेस सोलुखुम्बुको पार्टी सभापति भई कुशलतापुर्वक नेतृत्व गरिसकेका छन् ।
१३ ओैं महाधिवेशनमा पनि शेर्पा आदिवासी जनजाति तर्फबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।

संविधानसभा सदस्यमा समानुपातिक उम्मेदवार रहेका शेर्पा गत आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोलुखुम्बुको प्रदेशसभा ख मा प्रत्यासी उम्मेदवार रहेका थिए ।
नेपाली कांग्रेसको महाधिवेशन सम्बन्धि राम्रो अनुभव भएका शेर्पालाई देशभरका कार्यकर्ताहरुको शुभकामना प्राप्त भइरहेको बताइन्छ ।

शेर्पाले “जनता माथि राजनीति गर्ने नीतिलाई राजनीति भनिन्न, सुशासन सहित सुब्यबस्थित तरिकाले राज्य चलाउने नीतिनै राजनीति हो ।”भन्ने राजनीतिको परिभाषा सहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । शेर्पा केन्द्रीय सदस्य बनेमा नेपाली कांग्रेस पार्टीलाई जनमैत्री पार्टीका रुपमा स्थापित गराउने बताउदै आएका छन् ।