काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बिहान १० बजेबाट मनोनयन सुरु भएको हो। संस्थापन इतरका पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्वच्छ छवि र वैचारिक युवा नेताको रुपमा स्थापित पाण्डेलाई संस्थापन पक्षका नेताहरूले समेत खण्डन गर्न सकेका छैनन् । महाधिवेशनमा युवाको लहर चलिरहेका बेला पाण्डेको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएछ छ।