× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

मंगलप्रसाद थारु खुल्ला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

Simrik Online

२५ मंसिर २०७८, आईतवार

बर्दिया । नेपाली कांग्रेस बर्दियाका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य मंगलप्रसाद थारुले नेपाली कांग्रेसको १४ ओैं अधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

पारिवारिक पृष्ठभूमि देखि राजनीतिक लगानीको हिसाबले मंगलसिंह थारु बर्दियाली कांग्रेस बीच निकै लोकप्रिय मानिन्छन् । वीपी कोइराला सभापति हुँदाको बखतमा मंगलसिंह थारुका पिता राधाकृष्ण थारु केन्द्रीय सदस्य हुनुहुन्थ्यो । वीपीको निकट रहेका राधाकृष्ण २०१५ सालकै सांसद समेत हुन् ।

मध्य पश्चिममै प्रभावशाली नेता मंलसिंह थारु समाजसेवा र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका छन्। उच्च सामाजिक प्रतिष्ठा बोकेका थारुले अहिलेसम्म कुनै राजनीतिक लाभको पद लिएका छैनन् । पार्टीको सहमहामन्त्री पदमा चुनाव लड्ने तयारी गरेका थारु नेतृत्वका कारण १४ ओैं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।