आयुषा बास्तोला, सोलुखुम्बु । नेपाली कांग्रेसको चालू १४ ओैं अधिवेशनमा सोलुखुम्बु कांग्रेसका लोकप्रिय युवा नेता धर्मबहादुर दर्जी (नेपाली) ले दलित तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
नेपाली कांग्रेसको विधानमा पुर्ण समावेशी ब्यवस्था भए पनि समावेशी कोटामा निरन्तर केही ब्यक्ति र उनिहरुकै सिण्डिकेट जस्तै देखिएकाे अबस्थामा सोलुखुम्बु कांग्रेसका प्रखर युवा नेता दर्जीको उम्मेदवारीलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
पार्टी भित्र पुस्तान्तरणको मुद्दा चलिरहेको बेला प्रष्ट वक्ता, निडर र मिजासिलो स्वभावका दर्जीलाई पार्टी नेतृत्व तथा महाधिवेशन प्रतिनिधिहरुले रुचाएका छन् ।
धर्मबहादुर दर्जी नेपाल दलित संघका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख समेत हुन, उनको दलित संघ भित्र आफ्नो छुट्टै पहिचान स्थापित छ।