काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले केन्द्रीय सदस्य (खुलातर्फ) ३५ जनाको लागि मतगणना जारी छ। मतगणना बिहान ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो।
विभिन्न समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११०० मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ। यद्यपि निर्वाचन समितिले जारी गरेको सुचीमा ९८८ मतको गणना मात्रै सकिएको जनाएको छ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। यो प्रतिस्पर्धामा ६४ जना बाहिरिने छन्। चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ। केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ।
कांग्रेस केन्द्रीय सदस्य खुलाको स्थिति यस्तो छ :
१) डा.सशांक कोइराला=८८२
२) बालकृष्ण खाँण=७९७
३) उदय सम्सेर राणा =७५१
४) रमेश लेखक=७०३
५) बलबहादुर केसी=६९८
६) मोहनबहादुर बस्नेत =६९१
७) शंकर भण्डारी =६८८
८) दिलेन्द्र प्रसाद बडु=६८५
९) ज्ञानेन्द्रबहादुर कार्की =६७८
१९) गोपालमान श्रेष्ठ =६५७
११) दिनेश कोइराला =६१३
१२) एन•पि• साउद=६१३
१३) डा.रामशरण महत=६०९
१४) अर्जुननर्सिङ केसी= ६०२
१५) गुरु बराल=६०१
१६) सुनिल बहादुर थापा=६००
१७) कुन्दनराज काफ्ले=५९९
१८) गणेश लामा=५८९
१९) जिपछिरिङ्ग लामा=५८८
२०)रामहरि खतिवडा=५७८
२१)गोबिन्द भट्टराई =५६६
२२)नैनसिंह महर=५१४
२३) जित जङ्ग बस्नेत=५१३
२४)सुरेन्द्र राज पाण्डे=५०१
२५) तारणी दत्त चतौट=४६७
२६)त्रैलोक्य प्रताप सेन=४६५
२७)लोकेश ढकाल=४५५
२८)टेक राज पौडेल=४१३
२९) मदन अमात्य=४०९
३०)पध्मनारायण चौधरी=३९९
३१) केदार कार्की=३९६
३२) अजयबाबू सिवाकोटी= ३९२
३३)इ.मोहन आचार्य=३९०
३४)धावा गुरुङ=३८६
३५)डा.सुरेश चन्द्र चालिसे=३८२ कांग्रेस केन्द्रीय सदस्य खुला ३५ को (९८८ गणनामा) प्रारम्भिक स्थिति यस्तो छ :