× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज

Simrik Online

९ पुष २०७८, शनिबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज शनिवार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएको छ। सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।
काँग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन सूचना जारी गरेको छ। काँग्रेस महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।