× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

ल्यापटप उपहार दिएर १९ शिक्षकलाई प्रविधिसँग जोड्दै हिमाल दर्शन मावि

Simrik Online

११ फाल्गुन २०८०, शनिबार

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले १९ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ शुक्रबार एक कार्यक्रमका बीच १९ जना शिक्षकलाई एक/एक थान ल्यापटप वितरण गरेको हो ।
विद्यालयको आन्तरिक श्रोततर्फको ८ लाख बजेट खर्च गरी ल्यापटप खरिद गरेर वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाले जानकरी दिनुभयो ।

प्रधानाध्यापक अशोककुमार शर्माका अनुसार १५ थान नयाँ खरिद र ४ थान विद्यालयमा मौजात रहेको ल्यापटप वितरण गरिएको हो । शिक्षकलाई प्रविधिसँग जोडेर प्रविधिमैत्री शिक्षण सिकाइलाई सहज बनाउनका लागि सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।
विद्यालयले यस अघि नै इसीडीदेखि कक्षा १२ सम्मका प्रत्येक कक्षामा स्मार्ट टिभी र प्लानल बोर्ड जडान गरिसकेको छ ।