× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
विशेष

महाकाली अस्पताललाई सभापति पालद्वारा डिआर मेसिन हस्तान्तरण

Simrik Online

२० भाद्र २०७७, आईतवार

महेन्द्रनगर । नेकपा नेतृ एवं प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति मा.निरुदेवी पालले महाकाली प्रादेशिक अस्पताललाई अत्याधुनिक डिजिटल एक्सरे (डिआर) मेसिन हस्तान्तरण गरेकी छिन् । उनले शनिबार स्वास्थ्य विभागले पठाएको अत्याधुनिक एक्सरे मेसिन अस्पताललाई हस्तान्तरण गरेकी हुन् ।

डिआर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद पालले अस्पतालको सुधारका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउदै अस्पतालमा आएका सम्पूर्ण उपकरणहरुको सदूपयोग गर्न अस्पताल प्रशासनसँग आग्रह गरिन् । उनले उपकरणको अभावमा बिरामीले सेवा पाउनबाट बञ्चित हुन नपरोस् भन्दै त्यसका लागि आँफूहरुले आगामी दिनमा पनि अस्पताललाई आवश्यक सहयोग गर्ने बताइन् ।

सोही कार्यक्रममा बोल्दै महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा.हरिकुमार श्रेष्ठले सांसद पालको सहयोगमा अस्पतालले अत्याधुनिक एक्सरे मेसिन पाएकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूहरुले लामो समयदेखि स्वास्थ्य विभागमा डिआर मेसिनका लागि आग्रह गरेपनि त्यसको सुनुवाइ नभएको अवस्थामा सांसद पालले पहलले मेसिन ल्याउन सफल भएको बताएका थिए । कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, महाकाली अस्पताल विकास समितिका सदस्य र चिकित्सकहरुको समेत सहभागिता रहेको थियो ।