पर्रीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन महासंघको निर्देशन
काठमाडौं । २०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी लाई नेपाल शिक्षक महासंघले निर्देशन दिएको छ ।
महासंघले शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि आन्दोलनमा आउन शिक्षकहरुलाई अनिवार्य गरेको छ । महासंघले आन्दोलनलाई सहयोग तथा समर्थन गरीदिन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसमक्ष अनुरोध गरेको छ ।
शिक्षकहरुले नै सहभागिता नजनाउने भएपछि ११ बैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा अन्योल बनेको छ । त्यस्तै एसईई कापी परिक्षण र नयाँ शैक्षिक सत्रको पठनपाठन पनि अन्योल अवस्थामा छ ।