काडमाडौं । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको छ । उक्त कार्यक्रम बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वि.सं. २०८२ वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको निर्वाचन आयोगले बताएको छ । कार्यक्रम बमोजिम मतदाताहरूको प्रारमि्भक नामावली आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउ मा प्रकाशन भएको छ । उक्त नामावलीवाट अद्यावधिक कार्य सम्पन्न भएपछि २०८२ वैशाख मसान्तमा अनि्तम मतदाता नामावली प्रकाशन हुने बताइएको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारमि्भक नामावलीमा त्रुटी भएको भए सच्याउन, कुनै व्यकि्तको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वि.सं. २०८२ वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बनि्धत निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले बताएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम बमोजिम अनलाइन मार्फत निवेदन पेश गर्न वा सम्बनि्धत निर्वाचन कार्यालयमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । उपरोक्त अनुसारको कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला एवं मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ भनिएको छ । साथै यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने आयोगले जनाएको छ ।