हेमराज शर्मा, सोलुखुम्बु । नेपाल निजामति कर्मचारीकाे १७अाैं स्थापना दिवसकाे अवसर पारेर साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियन (संघ)काे तदर्थ समिति गठन गरिएकाे छ । कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष खेच्चरबाबु बास्ताेलाकाे उपस्थितिमा १३ सदस्यीय समितिकाे चयन गरिएकाे हाे ।
युनियनकाे अध्यक्षमा नारायणगोपाल ढकाल, उपाध्यक्षमा चेतनाथ केटेल, जनजाति उपाध्यक्षमा – केसरबहादुर राई, महिला उपाध्यक्षमा – सजिना कटेल, सचिवमा – गणेश कटेल, सह-सचिवमा – माेतिप्रसाद भट्टराई, काेषाध्यक्षमा सरस्वती कार्की र सदस्यहरुमा शम्म्भु निराैला, खाेसलबहादुर विक, चित्र श्रेष्ठ, शारदा बस्नेत, मानबहादुर कार्की, सुशिला दाहाल चयन हुनुभएकाे छ । त्यस्तैगरि युनियनको सल्लाकार समितिकाे संयाेजकमा डा.अविसेक सुमन र सदस्यमा हुतराज बास्ताेलालाई चयन गरिएकाे छ ।
कार्यक्रमा नेपाली कांग्रेस साेलुखुम्बुका सचिव धनजन राई, पुर्व जिल्ला सचिव चन्द्र आचार्य, नेपाली कांग्रेस नेचासल्यानका सभापति निरकुमार शर्मा कटेल, नेचासल्यान गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्मा, वडा नम्बर २ का अध्यक्ष भेषकुमार बास्ताेला, नेपाली कांग्रेस साेलुखुम्बुका नेता चक्र राई, नेपाल शिक्षक महासंघ साेलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्ताेला, नेपाल शिक्षक महासंघ नेचासल्यानका अध्यक्ष अशाेक शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।