× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
भ्रष्टाचार

जनतालाई हिसाब चाहियो : कांग्रेस

Simrik Online

२१ भाद्र २०७७, सोमबार

सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दुधकोशी ९ लोखिमले गत आर्थिक वर्ष २०७६/०७७ को खर्च विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम र श्री जनता मावि लोखिमलाई आग्रह गरेको छ ।

आम नागरिकले निकै चासो दिएको लोखिमको खर्चमा नेपाली कांग्रेस लोखिमको बैठकले वडाको तर्फबाट विभिन्न शीर्षकमा भएको खर्च अपारदर्शी ढंगबाट भएकोले अध्ययन गर्ने निर्णय गरेको भन्दै सभापति पदम बहादुर राईले सोकाे विवरण उपलब्ध गराउन वडालाई आग्रह गरेका हुन् ।

सभापति राईले वडामा लेखेको पत्रमा उद्दार तथा राहत वितरण, कोभिड-१९ को नाममा भएको शीर्षकगत खर्च, स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका काम र खर्च, स्थानीय तहका पदाधिकारीहरुकाे सेवासुविधा तथा ईन्धन सम्बन्धी खर्च, सम्पन भइसकेका विकासे आयाेजनाकाे विवरण, भत्ताको विवरण, वडाका तर्फबाट विद्युत मर्मत तथा वितरण सम्बन्धमा भएकाे खर्च लगायत ९ वटा शीर्षकमा वडालाई र ३ वटा शिर्षकमा भवन निर्माण, विद्यालय घेराबार, छात्रवास, कर्मचारी व्यवस्थापन, भर्नाशुल्क लगायत विद्यालयलाई भएका अाम्दानी र खर्चको बिवरण माग गरिएको छ । 

वडा कार्यालयबाट खर्च विवरण उपलब्ध हुनासाथ गहन ढंगले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने र सो को वास्तविक जानकारी आम नागरिकमाझ सार्वजनिक गरिने विवरण अध्ययन समितिका संयोजक एवं नेपाल लेखक संघ सोलुका अध्यक्ष सुवाससंगम राईले सिम्रिक अनलाइनलाई बताएका छन् ।