× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

अलपत्र नाबालक र महिलालाई कांग्रेस नेता कार्कीको आश्रय

Simrik Online

२३ भाद्र २०७७, बुधबार

काठमाडौं । कोराना भाइरसको त्रासका कारण घरबेटीले कोठामा छिर्न नदिएपछि नाबालक छोरा सहित सडकमा बस्दै आएकी सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ५ सिम्ले घर भएकी बिमला खालिङ राईलाई मंगलबार काठमाडौंको कपनबाट उद्धार गरिएको छ ।

नाबालक छोरासहित उद्दार गरिएकी राईलाई नेपाली कांग्रेस उद्योग ब्यापार केन्द्रीय विभागका सदस्य प्रकाशसिंह कार्कीको भक्तपुर लोकन्थलीस्थित घरमा क्वारेन्टाइनमा राखिएको र राईका लागि आवश्यक सम्पूर्ण प्रबन्ध नेता प्रकाशसिंह कार्कीले नै गरिदिएको नेविसंघ नेता दिनराज बास्तोलाले बताएका छन् ।

सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका वडा नं ७ माइती भएकी राई गत असारमा काठमाडौंबाट नेचासल्यान पुगेकी भएपनि पारिवारिक कलहका कारण २ वर्षे छोरो लिएर काठमाडौं फर्किएको बताइन्छ ।

काठमाडौं अाएपछि राईलाइ घरबेटीले भित्र बस्न नदिएको र उनी केहिदिन चाबहिलस्थित एक गेष्ट हाउसमा बसेको बताइएको छ । गेष्ट हाउसमा पैसा तिर्न नसकेपछि त्यत्तिकै बेवारिसे बनेकी उनलाई नेपाल महिला संघकी केन्द्रीय सदस्य डोल्मा तामाङको पहलमा उद्दारकार्य सुरु भएको नेविसंघका नेता दिनराज बास्तोलाले जानकारी दिएका छन् ।

आफ्नै जिल्लाबासी चेली नाबालक बच्चासहित बेवारिसे अवस्थामा सडकमा भेटिएपछि उनलाई तत्कालका लागि आश्रय दिएको र क्वारेन्टाइनको अवधि सकिएपछि परिवारको जिम्मा लगाउने वा अन्य बिकल्प खोज्ने भन्ने बिषयमा निर्णय लिने सोलुखुम्बु कांग्रेस नेता प्रकाशसिंह कार्कीले बताएका छन् । समाजसेवी कार्की नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत हुन् ।