× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

५९० जना विभुषणको लागि सिफारिस

Simrik Online

१ आश्विन २०७७, शुक्रबार

काठमाडौं । नेपाल सरकारले ‘संविधान दिवस’को अवसरमा ५ सय ९० जनाका लागि राष्ट्रपतिसमक्ष विभूषण सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले विभिन्न विधामा विभूषण पाउनेको नाम सिफारिस गरेको हो ।

सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तिम टुंगोसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ । गत वर्ष सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई सम्मान र पदक दिने घोषणा गरिएको थियो ।