× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

पीसीआर टेस्ट गरेपछि मात्रै कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रवेश पाइने

Simrik Online

६ आश्विन २०७७, बुधबार

वासुदेव न्यौपाने, काठमाडौं । आगामी १९ असोजमा पार्टी कार्यालय सानेपामा १४औँ महाधिवेशनको तयारीका लागि बोलाएको केन्द्रीय समितिको बैठकका लागि नेपाली कांग्रेसले कोभिड-१९ को पिसिआर टेस्ट अनिवार्य गरेको छ ।

पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र केन्द्रीय कार्यालयका सबै कर्मचारीका लागि १५ असोजमा पिसिआर टेस्ट गर्ने कांग्रेसले जनाएको छ ।

सबैले अनिवार्य रूपमा केन्द्रीय कार्यालय सानेपामा पिसिआर टेस्ट गराउनुपर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोनाको महामारी र सुस्त तयारीले गर्दा यसअघि घोषित १४औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको कार्यतालिका पुनः हेरफेर गर्न लागेको हो । कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आगामी फागुन ७ देखि महाधिवेशन गर्ने पुरानो मुख्य तालिका हेरफेर नभए पनि तल्लो तहको अधिवेशनको समय परिमार्जन हुने जानकारी दिए । समयमा महाधिवेशन गर्न पार्टी संस्थापनले तदारुकता नदेखाएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट बनेको समयमा बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।