वि.स. १९९२ कार्तिक १२ गते जन्म भएका बस्नेत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन काँगेल गाविस ४ का वडा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली सेनाबाट अवकाश प्राप्त बस्नेत २०४८ सालमा बहुदल आएपछि त्यसयता निरन्तर पार्टीको कृयाशिल सदस्य रहेको नेपाली कांग्रेसले जनाएको छ । मृतक बस्नेतको आज काठमाण्डौँ स्थित पशुपति आर्यघाटमा अत्यष्टि गरिएको मृतकका नाती एवं कांग्रेस महाधिवेशन प्रतिनिधि नविन थापाले जानकारी दिनुभयो ।
उहाँको शवमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, आङगेलु शेर्पा र कुन्दनराज काफ्ले लगायतले पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।